दफा २३
राष्ट्रिय खेल संघ वा महासंघ गठन
(१) कम्तीमा चार प्रदेशका खेल संघ आपसमा मिलेर राष्ट्रिय खेल संघ वा महासंघ गठन गर्न सक्नेछन्‌।

(२) उपदफा (१)मा जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन प्रारम्भ हुनु अघि प्रचलित कानून बमोजिम गठन भएका राष्ट्रिय खेल संघ वा महासंघ यसै ऐन बमोजिम गठन भएको मानिनेछ र त्यस्ता राष्ट्रिय खेल संघ वा महासंघले यो ऐन प्रारम्भ भएको मितिले दुई वर्षभित्र कम्तीमा चार प्रदेशमा प्रदेश खेल संघ गठन गर्नु पर्नेछ।

तर भौगोलिक कारणबाट यस उपदफा बमोजिमको प्रदेश खेल संघ गठन गर्न सम्भव नभएमा तोकिए बमोजिम प्रदेश खेल संघको गठ्न गर्न सकिनेछ।